
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ३० जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म, अलौ ले आज लाखौं मूल्य बराबरको विभिन्न किसिमका लता कपडा सहित एउटा मोटरसाइकल पक्राउ गरेको छ ।
आज मंगलबार त्यहाँ बाट खटिएको टोलीले भारत बाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याई पोखरिया तर्फ लैजादै गरेको अवस्थामा पर्सा जिल्लाको बिन्वासीनी गाउँपालिका वडा नं. ०१, गर्दौल बाट ना. १८ प ८२७२ नम्बरको मोटरसाईकल सहित बिभिन्न कपडाहरू रु. ५ लाख ०१ हजार ०४ बराबरको बरामद गरी आवश्यक कारवाहीको लागि आजै बीरगंज भन्सार कार्यालयमा बुझाएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताएका छन् ।