प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज द्वारा कटुवा पेस्तोल सहित दुई जना नियन्त्रण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले आज दिउँसो करिब १२:३० बजेको समयमा एउटा कटुवा पेस्तोल सहित दुई जना लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बुधबार त्यहाँ बाट खटिगएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जना र भारतीय समकक्षी SSB 47 BATTALION A COMPANY HEADQUARTERS, PANTOKA बाट खटिएको ५ जनाको संयुक्त गस्ती टोलीले बीरगंज महानगरपालिका वडा नं. १६, इनर्वा र भारत तर्फ जिल्ला पूर्वी चम्पारण नुनियाडी पंचायत वडा नं. १, अहिर्वा स्थित सानो सीमा स्तम्भ नं. ३९०/२२ नजिकै संयुक्त गस्ती गर्ने क्रममा ति दुई जना पक्राऊ परेका छन् ।

पक्राउ परेका दुबै जना नेपाल कै बीरगंज महानगरपालिका वडा नं ०५, कुम्हालटोल घर बताउने अन्दाजी वर्ष १८ को सुमित कुमार मण्डल र बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा नं ०७ बस्ने अन्दाजी वर्ष २८ को संजय कुमार साह कलवार झाडीमा लुकी छिपी बसेको अवस्थामा फेला पर्दा निजहरु बसेको स्थानमा नै बोरा भित्र कटुवा पेस्तोल एक थान फेला परेको थियो ।

फेला परेको कटुवा पेस्तोल र ती दुवै जनालाई आजै आवश्यक अनुसन्धान तथा कारबाहिको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सुझाव पेस गरेकी छन् ।  चितवनमा जारी विस्तारित बैठकको दोस्रो दिन कार्कीले सुझाव पेस गरेकी हुन्…

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौं । ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाडौंका तत्कालीन सहसचिव पदमा कार्यरत चितवन भरतपुर महानगरपालिका-१५ बस्ने ६६ वर्षीय लेख बहादुर कार्कीलाई प्रहरीले पक्राउ…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 17 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 30 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट