दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ११ असार । प्रहरी चौकी, ईनर्वा बाट खटिएको चेकिङ टोलीले शुक्रबार दिउँसो करिब ०४:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित सडकखण्डमा भारतको रक्सौल बाट वीरगञ्ज तर्फ ना. २८ प ९००८ नम्बरको मोटरसाईकल रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा मोटरसाइकल मा सवार बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ३३ को सुनिल कुमार साहले लगाएको हेलमेट भित्र स्रोत नखुलेको रु. १ हजारको दरका नोट ८ सय थान गरी नेपाली रू. ८ लाख फेला परेको हुँदा उल्लेखित नम्बरको मोटरसाइकल र नगद सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा लगि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा सोही दिन पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको कुरा प्रहरी बरिष्ठ नायब निरीक्षक बिनोद काफ्ले ले सोमबार बताएका छन् ।