दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २७ श्रावण । प्रहरी चौकी ईनर्वा ले बिहीबार बिहान करिब ०७:४० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट वीरगञ्जतर्फ तिन जना पैदल यात्रु संकास्पदरूपमा हिँडि आउदै गरेको अवस्थामा निजहरूलाई कानूनी रीतपुर्याई खानतलासी गर्दा तीनै जना भारतको विहार राज्य जिल्ला मोतिहारी, ग्राम रामगढवा बस्ने क्रमशः वर्ष ४० को हेमताज आलमको साथ बाट ४ सय ८० एम्पुल, वर्ष २० को अजित कुमार मलाहको साथ बाट ४ सय ७९ एम्पुल तथा वर्ष २० को इमतिहान आलमको साथ बाट ४ सय ७९ एम्पुल गरि जम्मा १ हजार ४ सय ३८ एम्पुल आफ्नै जिउमा सेतो टेपले वेरि ल्याएको प्रतिबन्धित लागु औषध डाईजेपाम, फेनारगन र नुरफिन फेला परेको हुँदा निज तिनै जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको कुरा शनिबार बरिष्ठ प्रहरी नायब निरीक्षक संतोष के. सी. ले बताएका छन् ।