दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २३ बैशाख । प्रहरी चौकी, ईनर्वा पर्साले बिशेष सूचनाको आधारमा शनिबार भारतबाट अवैधरूपमा चाँदीका गर-गहनाहरु ल्याउँदै गरेको अवस्थामा एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन विहान करिब १०:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजत जयन्ति चोक स्थितमा भारतको रक्सौल बाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ०३ बस्ने बर्ष २० को रोशन सोनारलाई रोकी निजलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजको कमरको भागमा रातो सेतो रङकको गम्छाले बाँधी ल्याएको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गर-गहनाहरू २ के. जी. १ सय ७३ ग्राम फेला परेको हुँदा निजलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आईतबार वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाएको छ ।