दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०२ श्रावण । प्रहरी चौकी, गण्डक ले मंगलबार दिउसो करिब ०४:५० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित बाट सार्बजनिक बसको डिक्की मा भारत बाट अबैध रुपमा लुकाई छिपाई राखिएको विभिन्न किसिमका लता कपडाहरु आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त दिन त्यहाँ बाट खटिएको नियमित चेकिङ टोलीले वीरगञ्ज बाट अन्यत्र तर्फ जाने सार्वजिनक सवारी साधनहरूलाई रोकी चेक जाँच गर्ने क्रममा सार्वजनिक बसको डिकीमा लुकाइ छिपाइ राखिएको अंदाजी मुल्य रु. ४ लाख बराबरका भारतीय विभिन्न किसिमका लत्ताकपडाहरू बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्का ले बताएका छन् ।