
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०५ कार्तिक । प्रहरी चौकी, परवानीपुर ले विशेष सूचनाको आधारमा आईतबार राती करिव ११:४५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर चोक बाट लाखौं मूल्य बराबरको बदाम (Almonds) सहित एउटा मालवाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त राति बीरगंज बाट काठमाण्डौ तर्फ लैजाँदै गरेको अवस्थामा म. प्र.०३००१ ख ७६७३ नम्बरको मालबाहक ट्रकलाई रोकी चेक जाँच गर्दा साथमा रहेको विल विजक भन्दा बढीका ALMONDS लोड गरी वीरगञ्जबाट लैजाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइ अंदाजी मूल्य रू. ६६ लाख २४ हजार ३४ बराबरको ALMONDS थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।