प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०१ पौष । प्रहरी चौकी, सिर्सिया, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार राति करिब ०८:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा सहित पिक अप गाडी र मानिस आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नं. १७, कोनिया स्थित सामुदायिक अस्पताल, अलौ बाट कोनिया जाने ग्राबेल सडक खण्डमा बा. २१ च ७८५५ नम्बरको पिकअप गाडीलाई रोकी चेक जाँच गर्दा गाडीको पछाडि पट्टी प्लाष्टिकको बोरामा लागु औषध गाँजा जस्तो देखिने पदार्थ परालले छोपी लुकाइ छिपाइ राखिएको अवस्थामा बरामद भएको छ ।

लागु औषध गाँजा जस्तो देखिने पदार्थ १२ पोकामा १ सय ७६ के. जी. फेला परेकोले उल्लेखित नम्बरको पिकअप गाडी र चालक रामेछाप जिल्लाको खाडादेवी गाउँपलिका वडा नं. ०१ बस्ने वर्ष २८ को सुबराज श्रेष्ठलाई बरामद लागु औषध गाँजा सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक ले आज आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views