दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, १७ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार राती करिब ०८:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५, भिष्वा बस्ने लालबाबु साहको दुई तल्ले पकी घरमा कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले काजु, लत्ताकपडा, खुल्ला पापड, लवाङ्ग, सर्टको थान कपडा लगायतका मालबस्तुहरू भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरेको स्थानबाट स्थानीय जनप्रतिनिधीहरूको रोहबरमा उक्त कोठाको कानूनी रीतपुर्याई खानतलासी गर्दा काजु ४ सय के. जी., सर्ट थान कपडा २ हजार २ सय ५७ मिटर, खुल्ला पापड १ सय ४७ के. जी., ल्वाङ्ग-७२ के. जी., हुक्काको फलेवर ४६ प्याकेट गरी जम्मा रू. ११ लाख ६६ हजार ७ सय ९० बराबरको मालबस्तुहरू बरामद गरी बुधबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।