प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक भन्छन्, ‘युवा पुस्ता सन्तुष्ट हुनेगरी काम गर्छु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले युवा पुस्ताको अपेक्षा सम्बोधन हुनेगरी प्राधिकरणमा काम गर्ने बताएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका उनले अहिलेको सेवा प्रवाहबाट ग्राहकहरूले गुणस्तरको प्रत्याभूति गर्न नसकेको भन्दै यसको सुधारमा काम गर्ने बताए । 

उनले आफ्नो कार्यकालमा मुख्य प्राथमिकताको विषयबारे समेत उल्लेख गरेका छन् । गुणस्तरीय विद्युत् आपूर्ति, विद्युतको पहुँच विस्तार, निर्यात प्रवर्द्धन र प्राधिकरणलाई आर्थिक तथा प्राविधिक रूपमा सुदृढ बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ । 

कार्यकारी निर्देशक सिलवालले सार्वजनिक संस्थाबाट सेवा पाइरहेका युवा पुस्ता ग्राहकको सन्तुष्टिमा विशेष जोड दिएका छन् । 

‘युवा पुस्ताको अपेक्षा ठुलो छ, तर जुन हिसाबले सेवा डेलिभरी पाइराखेका छन्, उनीहरू सन्तुष्ट छैनन्। अब उनीहरू सन्तुष्ट हुने गरी हामीले सेवा प्रवाहमा सुधार गर्नुपर्छ,’ उनले भने, ‘ देशभर अझै पनि विद्युत् पहुँच नपुगेका स्थानहरूमा विद्युतीकरणलाई तीव्रता दिनुपर्ने आवश्यकता पनि छ ।’

त्यस्तै, औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्तिमा विशेष ध्यान दिइने उनको भनाइ छ। ‘निजी क्षेत्रसँग सहकार्य गरेर विद्युत् खरिद बिक्री बढाउने र भारत लगायतका मुलुकहरूमा आयात निर्यातको सम्भावना अध्ययन गरी वृद्धि गर्ने कुराहरूमा हामी काम गर्छौँ,’ उनले भने, ‘प्राधिकरणले पहिले नै निजी क्षेत्रबाट उत्पादित विद्युत् खरिद बिक्री गरिरहेको छ, आगामी दिनमा समेत य निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाउनु पर्नेछ ।’ 

प्राधिकरणको आन्तरिक सुदृढीकरण पनि आफ्नो अर्को प्रमुख एजेन्डा भएको उनले बताए । प्राधिकरणलाई आर्थिक र प्राविधिक दुवै रूपले सुदृढ बनाउनु पर्ने तथा डेडिकेटेड ट्रंकलाइनको बक्यौताको असुलीलाई पनि प्राथमिकतामा दिनुपर्ने आवश्यकता रहेको उनले बताए । 

उनले निजी क्षेत्रसँगको विद्युत् खरिद सम्झौतालाई समेत निरन्तरता दिने बताए । नेपाल सरकारले तयार पारेको २८ हजार मेगावाटको उर्जा रोडम्यापलाई आफ्नो कार्यदिशा मान्ने भन्दै उनले निजी क्षेत्र समेत सहयोगमा मात्रै यो सम्भव हुने उनको भनाइ छ ।

  • Related Posts

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन

    काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाह जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा देखिएका छन् । शुक्रबार बालेनले व्रह्माको मन्दिर समुद्घाटन गरेका हुन् । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 37 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 26 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 30 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट