काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल, लिभरपुल र चेल्सी विजयी भएका छन् भने म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा भिक्टर ग्योकरेस र डेक्लन राइसले एक एक गोल गरेका थिए ।
त्यसैगरी लिभरपुलले एस्टन भिल्लालाई २-० गोलले पराजित गरेको छ । लिभरपुलको जितमा मोहमद सलाह र रयान ग्राभेनबेर्चले एक एक गोल गरेका थिए ।
त्यसैगरी चेल्सीले टोटनह्यामलाई १-० गोलले पराजित गरेको छ । चेल्सीको जितमा जोआओ पेड्रोले खेलको एक मात्र गोल गरेका थिए ।
त्यसैगरी म्यानचेस्टर युनाइटेड नोट्टीङघम फोरेस्टसँग २-२ गोलको बराबरीमा रोकिएको छ । म्यानचेस्टर युनाइटेडका लागि क्यसेमिरो र अमाद डियालोले एक एक गोल गरेका थिए भने नोट्टीङघमका लागि मोर्गन गिब्स ह्वाइट र निकोलो साभोनाले एक एक गोल गरेका थिए ।
शनिबारका खेलपछि आर्सनल १० खेलमा २५ अंकसहित शिर्ष स्थानमा छ भने लिभरपुल १० खेलमा १८ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै टोटनह्याम १० खेलमा १७ अंकसहित चौथो स्थानमा छ भने चेल्सी १० खेलमा १७ अंकसहितनै पाँचौं स्थानमा छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेड १० खेलमा १७ अंकसहितनै सातौं स्थानमा रहेको छ ।










