प्रेससँग सहकार्य गर्न आयोग प्रतिबद्ध छ- आयुक्त तुलाधर

 निर्वाचन आयोगकी आयुक्त डा. जानकी कुमारी तुलाधरले आयोग प्रेसलाई नियन्त्रण गर्ने होइन, सहकार्य र समन्वयका साथ अघि बढ्ने पक्षमा रहेको बताएकी छन्। निर्वाचनका बेला पत्रकारिताको भूमिका अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने उल्लेख गर्दै उनले सत्य, पुष्टि गरिएका तथा सन्तुलित समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरिन् ।

नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै आयुक्त डा. तुलाधरले स्वतन्त्र र जिम्मेवार पत्रकारिताले मात्र स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सक्ने धारणा राखिन् ।

महासंघकी अध्यक्ष निर्मला शर्माले निर्वाचनपूर्व आयोजित यस्ता कार्यक्रमले पत्रकारहरूको आत्मविश्वास बढाउनुका साथै के गर्ने र के नगर्ने भन्ने विषयमा स्पष्टता दिने विश्वास व्यक्त गरिन्। उनले सञ्चारकर्मीलाई भयरहित वातावरणमा सूचना संकलन र समाचार सम्प्रेषण गर्न सहयोग गर्न सबै सरोकारवालासँग अपिल गरिन्।

महासंघका सचिव प्रकाश धौलाकोटीले उपत्यकामा कार्यरत पत्रकारहरूका लागि निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले शनिबारदेखि सातै प्रदेशमा यस्ता कार्यक्रम विस्तार गरिने पनि बताए ।

निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन महासंघले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा आचारसंहिताको प्रभावकारी पालना, जिम्मेवार समाचार सम्प्रेषण र पेसागत मर्यादाबारे स्पष्ट मार्गदर्शन दिइएको थियो ।

सहभागी सञ्चारकर्मीहरूले निर्वाचनका क्रममा निष्पक्षता, व्यावसायिकता र आचारसंहिताको पूर्ण पालना गर्दै विश्वसनीय पत्रकारिता गर्ने प्रतिबद्धता जनाएका थिए।

  • Related Posts

    ओलीका बुबाको निधनप्रति रास्वपा सभापति रवि लामिछानेबाट दुख व्यक्त

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले यस दुःखद घडीमा…

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

     पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्तिम संस्कार गरिएको छ । गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 29 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 26 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 15 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 24 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना