फिलिपिन्समा एकै दिन ७५ भन्दा बढी भूकम्प, ६ जनाको मृत्यु

काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिकैको समुद्रमा शुक्रबार बिहान ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता ७५ वटा परकम्पहरू गएका छन्, जसमा साँझ ६.९ म्याग्निच्युडको भूकम्प पनि आएको थियो ।

यसअघि, प्रशान्त सुनामी चेतावनी केन्द्रले बिहान सुनामी चेतावनी जारी गरेको थियो, तर दुई घण्टा पछि यसलाई हटाइएको थियो । अवस्था अहिले सामान्य रहेको बताइएको छ । भूकम्पका कारण अहिलेसम्म छ जनाको मृत्यु भएको छ ।

यसअघि, सेप्टेम्बर ३० मा, फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा ७२ जनाको मृत्यु भएको थियो र लगभग १५० जना घाइते भएका थिए ।

फिलिपिन्समा भूकम्पपछिको सुनामी खतरा अब समाप्त भएको छ । प्रशान्त सुनामी चेतावनी केन्द्रले अवस्था अब सामान्य रहेको र समुद्रमा कुनै ठूलो खतराको संकेत नदेखिएको जनाएको छ । मानिसहरूलाई सतर्क रहन सल्लाह दिइएको छ, तर हाल थप खतराको अनुमान गरिएको छैन ।

  • Bishnu Timalsina

    Related Posts

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    काठमाडौँ । थाइल्याण्ड सेनाले कम्बोडियालाई विवादित सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ । थाइल्याण्डले यी बारुदी सुरुङबाट आफ्ना धेरै सैनिकहरू गम्भीर घाइते भएको दाबि गरेको छ ।…

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले मिडियालाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु…

    पहिलो

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 20 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 39 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 27 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 25 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 28 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • November 11, 2025
    • 47 views
    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ