फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा

काठमाडौं । फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा आएको छ । सन्तोषजनक शो पाएको चलचित्र फ्राइडे रिलिजअन्तर्गत आजबाट प्रदर्शनमा आएको हो ।

‘गुन्यु चोलो’को ट्रेलर र गीतमा नाजिर हुसेनको पफर्मेन्सको तारिफ भइरहेकाले सिनेमालाई दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क छ । ‘गुन्यु चोलो’लाई समुन्द्र भट्टको निर्देशन गरेकी छन् । यो चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । ‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।

नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।

फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ । चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् ।

यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् । आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 159 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 45 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 37 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 36 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 36 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 37 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु