फिल्म ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा

काठमाडौं । बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको बिदाको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो ।

सामाजिक कथाबस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ । काठमाडौंमा सुखसयलको जीवन विताउने सपना पूरा नहुँदाको कथा ‘गोबर गणेश’मा हेर्न सकिन्छ ।

१४० मिनेट रनटाइमको यो चलचित्रले देशब्यापी ११२ शोज प्राप्त गरेको छ ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय छ ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेको छ ।

  • Related Posts

    अण्डाको मूल्यमा भारी गिरावट

    चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी तोकेको नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा प्रतिक्रेट रु. ३७५ र मध्यम…

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    माघ २२ गतेदेखि खुलेको होटल फरेस्ट इनको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता शेयर सर्बसाधारणका लागि…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 157 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा