फिल्म ‘वरिष्ठ बलराम’ मा प्रभावशाली भूमिकामै छु- अभिनेत्री अर्याल

काठमाडौं । नायिका समृद्धि अर्यालले आफू फिल्म ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् ।

समृद्धिले भनेकी छन्-  ‘म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ । दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।’

विजय बरालको अपोजिटमा रहेर काम गरेकी उनले सिनेमामा विजयको जोनमा नै रहेर काम गर्ने प्रयास गरेको उनले बताएकी छन् । उनले भनिन्-  ‘विजय बराल र दयाहाङ राई दुवै जना अग्रज र अब्बल अभिनय गर्ने कलाकार, बोली पनि त्यस्तै राम्रो, त्यसैले च्यालेन्ज त पक्कै थियो । केरा लागि यो चलतित्र सिक्ने मौका बन्यो ।’

सुरुमा सिनेमाका लागि अफर आउँदा को कलाकार छ भन्दा दयाहाङ र विजय भनेर सुन्दा काम गर्न सक्छु र भन्ने भएको तर पछि यो काम सिक्ने मौका पनि हो भन्ने सोचर स्वीकार गरेको उनको भनाइ छ । पहिलो चलचित्र ‘फर्की फर्की’मा काम गर्दा धेरै नयाँ कलाकार भएकाले काम गर्न सहज भए पनि ‘वरिष्ठ बलराम’मा भने अग्रज अभिनयमा पारंगत कलाकार भएकाले संकोच र सिकाई दुवै भएको उनले बताइन् ।

यद्यपि, चलचित्रमा आफू शो पिस मात्रै नरहेको उनको दाबी छ । दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ । ‘बलरामको क्यारेक्टरको जर्नीमा हेल्प गर्ने इम्प्याक्टफुल क्यारेक्टर छ,’ समृद्धि अगाडि थप्छिन् । आफ्नो सिने करियरको यात्रामा ‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले सहयोग गर्ने उनको भनाइ छ । कुशुमको क्यारेक्टरमा देखिने उनले भनिन्- ‘यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ ।’

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल,  समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् । मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

  • Related Posts

    नेपाली बक्स अफिस रिपोर्ट: परानको कमाई साढे ३ करोड नाघ्यो

    काठमाडौँ । अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म कुल ग्रस कमाइ…

    बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ, अस्पताल भर्ना

    काठमाडौँ । बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ भएका छन् । ८९ बर्षिय धर्मेन्द्रको स्वास्थ्यमा समस्या आएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  दैनिक भास्करले…

    पहिलो

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 23 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 28 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • November 11, 2025
    • 47 views
    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    • November 11, 2025
    • 56 views
    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    • November 11, 2025
    • 56 views
    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो

    • November 11, 2025
    • 49 views
    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो