फिल्म ‘शिवांश: च्याप्टर १’ को अग्रिम टिकट बुकिङ खुला

शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘शिवांश : च्याप्टर १’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । 

महाशिवरात्रिको अवसर पारेर भोलिबाट प्रदर्शनमा आउने यो चलचिको देशभरका प्रमुख मल्टीप्लेक्सहरू क्यूएफएक्स, आईएनआई, वान सिनेमाज, बिग मुभिज, एफक्यूब लगायतले यी दुवै चलचित्रको शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन् ।

देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला र शो बाँडफाँडको प्रारम्भिक तथ्याङ्क हेर्दा चलचित्र ‘शिवांश’ ले प्रदर्शकहरूको न्यून साथ पाएको देखिन्छ । यो समाचार तयार पार्दासम्म देशभरका मल्टीप्लेक्सहरूले उपलब्ध गराएको शो तथ्याङ्क अनुसार शुक्रबारका लागि यस चलचित्रले देशभर कुल ९७ शो प्राप्त गरेको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्नो आउटलेटमा चलचित्र ‘शिवांश’लाई १३ शोज उपल्ब्ध गराएको छ । यसले काठमाडौं उपत्यकाका हलमा ५ शो पाएको छ भने मोफसलमा ७ शो पाएको छ ।

यसैगरि, चलचित्र ‘कुमारी’लाई देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईका ४ वटा आउटलेटमा ४ शो, वान सिनेमाजका २ वटा आउटलेटमा २ शो, बिग मुभिजले २ शो र एफक्युब सिनेमाले १ शो दिएका छन् ।

आध्यात्मिक देखिने रहस्यमयी ‘अघोरी’ पात्रको जिन्दगीको उतारचढाव नै ‘शिवांश’को मुख्य आकर्षण हो । कथावाचनमा प्रवीणलाई तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारले सहकार्य गरेका छन् ।

अञ्जन सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्र आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण रहेको देखिन्छ ।

‘शिवांश’लाई सन्तोष कुमार आत्रेयले निर्देशन गरेका छन् । चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।

चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहेको छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको यस सिनेमाका गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।

  • Related Posts

    काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचन अघि गए राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । आयोगले मौन अवधिमा गर्न नपाइने गतिविधि बारे जानकारी दिदै सबै जिल्लाका आचारसंहिता…

    मुन्द्रे र मुन्नी अभिनित फिल्म ‘कार्की साइँला’ को छायांकन शुरु

    राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ । मंगलबार धनकुटाबाट फिल्मको छायांकन सुरु गरिएको फिल्मका लागि पहिलो सट जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी)…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 10 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 15 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो