फुटको संघारमा एकीकृत समाजवादी, एक दर्जनभन्दा बढी माओवादीसँग एकताको विपक्षमा

काठमाडौं । नेकपा एकीकृत समाजवादी फुटको संघारमा पुगेको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग एकताको प्रक्रिया अगाडी बढाएपछि सम्मानित नेता झलनाथ खनालसहितका दर्जनभन्दा बढी नेता यस एकताको विपक्षमा उभिएका हुन् ।

एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नु पर्ने र एमालेमै फर्किने वा पार्टी पुनर्गठन गर्ने गरि दुई स्पष्ट धार देखा परेको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले विचार मिल्नेसँग एकता गर्न ढिला गर्न नहुने भन्दै माओवादी केन्द्रसँग छिटो एकता हुने संकेत गरेका थिए ।

अध्यक्ष नेपालको धारणाको विपक्षमा सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसालसले आफ्नो धारणा राखेका थिए ।

त्यस्तै स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामासहितका नेताहरु माओवादी केन्द्रसँगको एकताको विपक्षमा उभिएका छन् ।

केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकताबारे निर्णय गरे पार्टी फुट्नसक्ने संकेत नेतृ झाँक्रीले सामाजिक सञ्जालआमा लेखेकी छन्: ‘व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ, इतिहासको वास्तविकता यस्तै छ । मान्छे नै थपेर बहुमत पुर्‍याउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्नेचाहिँ होइन ।’

  • Related Posts

    राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु…

    निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण जान रोक

    काठमाडौँ । निवर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ । भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगले खापुङलाई आजदेखि लागु हुने गरि कुनै पनि समय…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह