फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन कार्यवाहक प्रमुख डंगोलको निर्देशन

 काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, स्रोतमा फोहर वर्गीकरण गर्ने, वर्गीकृत फोहरलाई छुट्टै संकलन, ढुवानी र अन्तिम व्यवस्थापन गर्ने क्रममा प्रयोग गरिएका अभ्यासलाई निरन्तरता दिन र प्राप्त उपलब्धिमा ह्रास आउन नदिने गरी कार्य सञ्चालन गर्न वातावरण व्यवस्थापन विभागका अधिकारीहरुलाई निर्देशन दिएकी छन् ।

विभागहरुले अहिलेसम्म गरेका कामको नतिजाका बारेमा जानकारी लिने क्रममा वातावरण व्यवस्थापन विभागका अधिकारीहरुसँग छलफल गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनेकी छन्- ‘कामलाई सहज बनाउन नीतिगत रुपमा गर्नु पर्ने केही काम छन् भने म त्यसमा सहजीकरण गर्नेछु । सहरी स्वच्छता, सरसफाइ र वातावरणीय सुधारमा हामीले प्रयोग गरेका असल अभ्यास, परिचालन गरेका जनशक्ति, साधन र उपकरणको क्षमतामा कमी आउनु हुँदैन ।’

‘नीति, प्रविधि, समन्वय, सहकार्य र उत्तरदायित्व जस्ता धेरै पक्षको संयोजनले उत्पादित फोहर व्यवस्थापनमा दिगोपना प्राप्त गर्छ । यसकारण महानगरपालिका भित्रको फोहरको प्रकृति, स्रोतमा वर्गीकरण, संकलन, ढुवानी र अन्तिम व्यवस्थापनसँगै ल्याण्डफिल साइटको उपयोग, यससँग स्थानीय तथा अन्य पालिकाको सम्बन्ध, अन्तर सरकार सम्बन्धित कार्यक्रम लेखाजोखा गरौँ । तथ्य विश्लेषण गरौँ । यसका आधारमा कार्यक्रमलाई व्यावहारिक र वैज्ञानिक बनाउँदै लैजानुपर्छ ।’ उनको भनाइ थियो ।  

छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, सहरमा फोहर संकलन गर्ने, ढुवानी गर्ने तथा अन्तिम व्यवस्थापन गर्ने अभ्यासलाई थप प्रभावकारी बनाउँदै लगिने बताए । त्यस क्रममा विभागका प्रमुख सरिता राईले, विभागका नियमित र आकस्मिक कामका बारेमा जानकारी गराउँदै कामलाई प्रविधिमा जोड्दै लगेर नतिजा दिने विभागका कार्यक्रम सुनाइन् ।

छलफलमा यन्त्र तथा उपकरण महाशाखा, वातावरण व्यवस्थापन महाशाखाका प्रमुखहरु, महानगर प्रहरी बलका नगर प्रहरी नायव उपरीक्षक, इञ्जिनियरहरु, वातावरण निरीक्षक, स्यानिटेसन सुपरभाइजरसहित पदाधिकारी आफू सम्बद्ध कार्यक्रमबा बारेमा जानकारी राखेका थिए । 

अहिलेसम्ममा कार्यवाहक प्रमुख डंगोलले, विभागसँगै सहरी योजना आयोग, महानगर प्रहरी बल, सम्पदा तथा पर्यटन विभाग, सामाजिक विकास विभागले गरेका कामका विषयमा जानकारी लिइसकेका छन् ।

  • Related Posts

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

     सुनसरी र पर्साका विभिन्न स्थानबाट करिब १ हजार १ सय १५ किलोग्राम अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडाबाट करिब ९ सय ५५…

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौंमा आकर्षक तलबमा विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी सम्पर्कविहीन हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्दै आएका झापा अर्जुनधारा नगरपालिका-६ का…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ