ढाका,१६ चैत (रासस / सिन्ह्वा) : बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ । बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थप गरिएको जनाएको छ । मन्त्रालयले थप गरिएको अवधिमा खालेदा जियाले आफ्नो मुलुक छाड्न पाउनु हुने छैन । मन्त्रालयले खालेदाले बंगलादेशमै स्वास्थ्योपचार गर्नुपर्ने पनि जनाएको छ । सन् २०२० यता पूर्वप्रधानमन्त्री खालेदाको जेल सजाय थप गरिएको यो छैटौं पटक हो । कोभिड महामारीको समयमा मानवीय कारण देखाउँदै बंगलादेश सरकारले सन् २०२० मार्चमा अस्थायी प्रयोजनका लागि जियालाई जेलमुक्त गरिदिएको थियो । बंगलादेश नेसन्लिस्ट पार्टीका अध्यक्ष समेत रहनु भएकी पूर्वप्रधानमन्त्री जिया सन् २०१८ देखि जेलमा रहनु भएको छ । बंगलादेशको एक अदालतले उहाँमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा सात वर्षको जेल सजाय तोकेको थियो । खालेदामाथिको जेल सजाय राजनीतिक प्रेरित रहेको विपक्षी दलले आरोप लगाउँदै आएको छ ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-
