बंगलादेशको अन्तरिम सरकारका गृहमन्त्री चौधरीको राजीनामा

 बंगलादेशमा आम चुनाव अगाडि अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका विशेष सहायक खुदा बख्श चौधरीले राजीनामा दिएका छन् । अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका विशेष सहायकले बिहीबार राजीनामा बुझाएको डेली स्टारले उल्लेख गरेको छ ।

युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले फेब्रुअरी १२ मा हुने राष्ट्रिय चुनाव अघि कानून व्यवस्थाको व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेका चौधरीले राजीनामा दिएका हुन् ।

जुलाई विद्रोह पछि, नोभेम्बर १०, २०२४ मा खुदा बख्शले अन्तरिम सरकारको विशेष सहायकको पद ग्रहण गरेका थिए । चौधरीले देशमा कानून प्रवर्तन एजेन्सीहरू, विशेष गरी प्रहरी भित्र मनोबल बढाउन महत्वपूर्ण भूमिका खेल्न नसकेको आरोप लगाइदै आएको थियो । उनी पूर्व प्रहरी महानिरीक्षक थिए र उनले बलियो र निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएपनि त्यसो गर्न नसके पछि पद छोडेको बताइएको छ ।

अन्तरिम सरकारमा गृह मन्त्रालय सम्हालेका चौधरीले हालैका महिनाहरूमा भएका घटनाहरूका कारण सार्वजनिक सुरक्षाको बारेमा बढ्दो चिन्ताका बीचमा राजीनामा दिएका छन् ।

  • Related Posts

    आठ युरोपेली देशको ग्रीनल्याण्डमा संयुक्त सैन्य अभ्यास

    ग्रिनल्याण्डलाई समर्थन गर्ने आठ युरोपेली देशहरूले संयुक्त सैन्य अभ्यास गरेका छन् । डेनिस विदेश मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो घोषणा गरेको छ। डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, स्वीडेन…

    दक्षिणी स्पेनमा दुई उच्च गतिका रेल ठोक्किदा कम्तिमा २१ जनाको मृत्यु

    दक्षिणी स्पेनमा दुई उच्च गतिका रेलहरू ठोक्किँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। रेल नेटवर्क अपरेटर एडीआईएफले कर्डोबा शहर नजिकैको आदामुज शहर नजिकै दुर्घटना…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 27 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 15 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 32 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 14 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 3 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 11 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट