बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई जनवरी २१ सम्ममा टी-२० विश्वकपमा सहभागिता बारे स्पष्ट पार्न अल्टिमेटम दिएको छ ।

आईसीसीले शनिबार ढाकामा भएको बैठकमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई जनवरी २१ सम्म निर्णय लिन अल्टिमेटम दिएको क्रिकइन्फोले उल्लेख गरेको छ ।

आइसीसीसँगको छलफलमा बंगलादेश बोर्डले टी-२० विश्वकप खेल्न चाहेको स्पष्ट पारेको छ, तर आफु भारत बाहिर खेल्न चाहेको बताएको छ । बोर्डले भारतमा खेलेमा टोलीको सुरक्षाको बारेमा चिन्ता रहेको बताएको छ । बंगलादेशले श्रीलंकामा विश्वकप खेल्न चाहेको बताएको छ ।

यद्यपि, आईसीसी आफ्नो निर्णयमा अडिग रहेको र स्पष्ट रूपमा प्रतियोगिताको तालिका र खेल हुने स्थान परिवर्तन गरिने नहुने बताएको छ । 

आइसीसीले बंगलादेशले अस्वीकार गरेमा अन्य विकल्प तयार रहेको बताएको छ । मिडिया रिपोर्टहरूका अनुसार, आईसीसीले अब अन्तिम निर्णय बीसीबीलाई छोड्दैछ। यदि बीसीबीले भारतमा टोली पठाउन अस्वीकार गरेमा, आईसीसीले बंगलादेशको ठाउँमा अर्को टोली समावेश गर्न सक्ने भएको छ । हालको वरियताको आधारमा, स्कटल्याण्ड छनोट हुने सम्भावना बढी देखिएको छ ।

यसअघि जनवरी १७ को बैठकमा, बीसीबीले समूह परिवर्तनको अनुरोध गरेको थियो, जुन आईसीसीले अस्वीकार गरेको थियो । आईसीसीले बीसीबीलाई बंगलादेश टोलीलाई कुनै ठूलो सुरक्षा खतरा नभएको पनि आश्वासन दियो ।

बंगलादेश क्रिकेट बोर्डले आईसीसीलाई समूह सी को सट्टा समूह बी मा समावेश गर्न अनुरोध गरेको थियो । बोर्डले यसले बंगलादेशलाई आफ्ना सबै खेलहरू श्रीलंकामा खेल्न अनुमति दिने तर्क गरेको थियो ।

हालको तालिका अनुसार, आयरल्याण्डले आफ्नो समूह बी को खेलहरू श्रीलंका, अष्ट्रेलिया र ओमान विरुद्ध कोलम्बोमा खेल्नेछ, जसको अन्तिम खेल जिम्बाब्वे विरुद्ध क्यान्डीमा हुनेछ । यसैबीच, बंगलादेशले आफ्नो हालको समूह सी मा, कोलकातामा वेस्ट इन्डिज, इटाली र इङ्गल्याण्ड विरुद्ध तीन खेल खेल्नेछ, जसको अन्तिम समूह खेल मुम्बईमा नेपाल विरुद्ध हुने तालिका रहेको छ ।

बंगलादेशमा हिन्दूहरूको हत्याका कारण, बीसीसीआईले मुस्ताफिजुर रहमानलाई आईपीएलमा खेल्न अनुमति नदिएपछि विवाद बढेको थियो । बीसीसीआईको आदेशमा जनवरी ३ मा कोलकोताले रिलिज गरेको थियो । विवाद बढ्दै गएपछि बंगलादेश सरकारले देशमा आईपीएल खेलहरूको प्रसारणमा प्रतिबन्ध लगायो । खेलाडी सुरक्षा चिन्तालाई उद्धृत गर्दै, यसले फेब्रुअरी ७ मा सुरु हुने तय भएको टी- २० विश्वकप स्थललाई पनि स्थानान्तरण गर्न माग गरेको थियो । 

  • Related Posts

    न्यूजील्याण्ड टी-२० विश्वकपको सुपर आठमा, समुह डी बाट अफगानिस्तान बाहिरियो

    न्यूजील्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । मंगलबार समुह डी अन्तर्गतको खेलमा न्यूजील्याण्डले क्यानडालाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको सुपर आठमा स्थान सुरक्षित गरेको हो । क्यानडाले दिएको…

    समराको शतकमा क्यानडाले न्यूजील्याण्डलाई दियो १७४ रनको लक्ष्य

    क्यानडाले न्युजील्याण्डलाई १७४ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकप अन्तर्गत समुह डी अन्तर्गतको खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको…

    पहिलो

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 9 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 6 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 8 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 9 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 14 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित

    • February 17, 2026
    • 13 views
    बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित