बङ्गलादेशी विद्यार्थी समूहको प्रशासनलाई चेतावनी

बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुनः सुरु गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा २०५ जनाको मृत्यु भएको थियो । यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा ठूलो उथलपुथल हो । सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा (कफ्र्यू) आदेश लागु भएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि जारी छ र प्रहरीले कम्तीमा आधा दर्जन विद्यार्थी नेताहरूसहित हजारौं प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ । आन्दोलनको आयोजक ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ का सदस्यले निजामती सेवा भर्ती नियमहरूको बिरूद्ध अभियान चलाएका थिए । यसअघि, उनीहरूले यो हप्ता सप्ताहव्यापी विरोध स्थगन वा अन्त्य गर्ने बताए पनि प्रदर्शनकारी विद्यार्थी नेताहरूको रिहाइ नभएको भन्दै आन्दोलन लम्बिनसक्ने चेतावनी दिएका छन् । “समूहका प्रमुख नाहिद इस्लाम र अन्यलाई रिहा गरिनुपर्छ र उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्छ,” अब्दुल हन्नान मसुदले शनिबार एक अनलाइनलाई दिएको जानकारीमा बताउनुभयो । मसुदले आफू अधिकारीहरूबाट लुकेर बसेको कारण आफ्नो स्थान नखुलाएको बताउँदै प्रदर्शनकारीको मृत्युका लागि जिम्मेवार सरकारी मन्त्री र प्रहरी अधिकारीविरुद्ध ‘खुला कारबाही’ गर्न पनि माग गरेका छन् । उहाँले अगाडि भन्नुभयो, “प्रशासनले अझै पनि विद्यार्थीको मागलाई वेवास्ता गर्दै अघि बढेमा विभेदविरुद्ध विद्याथी समूहले सोमबारदेखि कडा आन्दोलन गर्न बाध्य हुनेछन् । इस्लाम र प्रदर्शनकारी समूहका अन्य दुई वरिष्ठ सदस्यलाई शुक्रबार राजधानी ढाकास्थित अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको थियो र सादा पोसाकका जासुसहरूको एक समूहले उनीहरूलाई लगेको थियो । यसै साताको सुरुमा इस्लामले एएफपीलाई दिएको जानकारीअनुसार प्रहरीले हिरासतमा दिएको यातनाबाट लागेको चोटका कारण अस्पतालमा उपचार गराइरहेको र आफू आफ्नो ज्यानको खतरामा रहेको बताउनुभएको थियो । गृहमन्त्री असदुज्जमान खानले तीनै जनालाई आफ्नो सुरक्षाका लागि हिरासतमा लिइएको बताए पनि उनीहरूलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा होइन भन्ने पुष्टि गर्नुभएन । प्रहरीले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार जासुसहरूले अन्य दुई जनालाई हिरासतमा लिएका छन् । ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ अभियन्ताले एएफपीलाई आइतबार बिहान एक जनालाई नियन्त्रणमा लिइएको बताएका छन् । बङ्गलादेशको सबैभन्दा ठूलो दैनिक पत्रिका प्रोथोम आलोका अनुसार आन्दोलन सुरु भएयता देशभर कम्तीमा नौ हजार व्यक्तिलाई पक्राउ गरिएको छ ।

  • Related Posts

    ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क स्थगित

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उनले क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका छन्। ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र…

    कुम्भमेलाको भागदौड,कुन बेला भयो घटना

    भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्। यस्ता दुःखद घटनाले समाजमा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 40 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views