बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पुजा आराधना गरिदै

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज बुधबार हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । देवी भागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ ।

नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन् । घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको तेस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो । 

घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।

जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यसदिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजा गरिएको हुन्छ । 

पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबलि गरि दुई प्रकारको हुन्छ ।  बलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।

जमराको रूपमा गहुँ तथा जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । वनौषधिविज्ञहरूका अनुसार जौका जमरालाई महौषधि भनिन्छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ ।

जमराबाट शीतलता एवं नूतनको प्रतिक हो । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।

दूर्गा कवच मन्त्र–

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।  आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको बताइन्छ । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नौ कन्याको पूजासमेत गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ ।  महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ । 

दशैंको टीकाको शुभ साइत:

बडा दशैँको टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गर्दै टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे तोकिएको छ भने असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि र असोज १५ गते बुधवार महानवमी स्थिरासन बिहान ९: २३ बजे तोकिएको छ ।

  • Related Posts

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ७६ लाख ५ हजार ५८४ कित्ता शेयर ३…

    यस्तो छ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी

    काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उनी नेपाल प्रहरीको सर्वोच्च पद…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह