बदलिएको देश र बदल्नुपर्ने काँग्रेस बारे महामन्त्री शर्माले पेश गरे बन्दसत्रमा प्रतिवेदन

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीको कार्यकाल, गैरआवासीय नेपाली नागरिकका मुद्दा, राजनीतिक नियुक्ति, पार्टीभित्र उमेदवार चयनलगायत विषयमा सुधारको प्रस्ताव गरेका छन् ।

शर्माले चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने अभ्यासलाई सच्याउनुपर्ने प्रतिवेदनमा उल्लेख गर्दै कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुईपटकभन्दा बढी प्रधामन्त्री बन्ने नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

त्यस्तै महामन्त्री शर्माले गैरआवासीय नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गरिने जनाएका छन् । प्रतिवेदनमा संविधानको भावना र सम्मानित सर्वोच्च अदालतको आदेशबमोजिमको बन्दोबस्त मिलाउन सहजीकरण, दबाब र नेतृत्वको भूमिका निभाउने संकल्प यो विशेष महाधिवेशनले गर्ने उल्लेख गरेका छन् ।

पार्टीभित्र उमेदवार सिफारिस गर्न प्राइमरी चुनाव गर्ने प्रस्ताव गरेका छन् । उनले आफ्नो प्रतिवेदनमा प्रशासनिक ढिला सुस्तीको निराकरणको खोजी, सामाजिक विसंगति विरुद्ध सजगता, बीमा ब्रान्डिङ, अनौपचारिक क्षेत्रका श्रमिक सम्पर्क, लागु पदार्थ विरुद्ध युवा अभियान, स्वदेश फर्किएकालाई स्वदेशमै पुनर्स्थापित गर्ने योजना, शैक्षिक क्षेत्रको सुधार, पार्टी सदस्यको आत्मनिर्भर उद्यम अभियान जस्ता विषय आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले पार्टीले विगतका गल्तिहरुको पहिचान गरेर सच्याउने र त्यसलाई कार्यान्वयन गर्ने उल्लेख छ ।  साथै उनले आगामी निर्वाचनमा कुनै पनि दल सँग गठबन्धन नगरेर निर्वाचनमा जाने प्रस्ताव गरेका छन् ।    

  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    पहिलो पार्टी बन्ने नेकपाको दाबि

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 8 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 10 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 7 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 9 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 10 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 15 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ