साउदी प्रो लिग अन्तर्गत अल नासर बरावरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल इत्तिफाकसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
१-० ले पछि परेको अवस्थामा अल नासरले २-१ को अग्रता लिए पनि अल इत्तिफाकले गोल गर्दै खेल बराबरी गरेको थियो ।
अल इत्तिफाकका लागि दुवै गोल जर्जिनियो विजनाल्डोले गरेका थिए भने अल नासरका लागि जोआओ फेलिक्स र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।
यो बराबरीपछि अल नासरको ११ खेलमा ३१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै अल इत्तिफाकको ११ खेलमा १६ अंक रहेको छ र हाल आठौँ स्थानमा रहेको छ ।









