बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?

काठमाडौँ, ६ साउन: बर्सेनि अपराधका घटनामा वृद्धि हुँदै गइरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो चार आर्थिक वर्षका तथ्याङ्कले अपराधको सङ्ख्या बर्सेनि बढ्दै गएको पुष्टि गर्छ ।

आर्थिक वर्ष २०७७/७८ मा देशभर विभिन्न प्रकृतिका ४० हजार एक सय २० अपराधिक घटनाको मुद्धा दर्ता भएकामा गत आव २०८०/८१ सम्म आइपुग्दा त्यो सङ्ख्या बढेर ५९ हजार दुई सय तीन पुगेको छ । आव २०७८/७९ मा ४६ हजार नौ सय दुई र आव २०७९/८० मा ५६ हजार तीन सय २३ मुद्धा प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा पाँच दशमलव ११ प्रतिशतले मुद्धा दर्ता वृद्धि भएको छ । गत वर्ष सबैभन्दा बढी काठमाडौँ उपत्यकामा १७ हजार ४५ मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । पछिल्लो समय सबैभन्दा धेरै आर्थिक अपराध देखिएको छ । चेक अनादरको मुद्धा बढी मात्रामा दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा आर्थिक गतिविधि केन्द्रित हुँदा आर्थिक अपराधको घटना बढेको प्रहरीको भनाइ छ । मधेसमा नौ हजार छ सय २०, कोशीमा नौ हजार तीन सय ७८, लुम्बिनीमा सात हजार छ सय ४४, बागमतीमा पाँच हजार एक सय ९७, गण्डकीमा चार हजार छ सय ९८, सुदूरपश्चिममा तीन हजार छ सय एक र कर्णालीमा दुई हजार २० वटा आपराधिक घटनाको मुद्धा दर्ता भएका छन् । गत वर्ष सबैभन्दा बढी १३ हजार दुई सय ६३ बैङ्किङ कसुरसम्बन्धी मुद्धा दर्ता भएका प्रहरीको तथ्याङ्क छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकतासम्बन्धी १० हजार सात सय ५६, आत्महत्या सात हजार एक सय ९४, लागुऔषध चार हजार तीन सय ९८, चोरी तीन हजार सात सय ५८, जबरजस्ती करणी दुई हजार पाँच सय सात, ठगी एक हजार आठ सय ७४, सवारी ज्यान एक हजार सात सय ७५ र ज्यान मार्ने उद्योगसम्बन्धी एक हजार १९ वटा मुद्धा दर्ता भएका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधि विकास तथा आर्थिक गतिविधि अत्यन्त चलायमान भएका कारण परम्परागत प्रकृतिका अपराधका तुलनामा आर्थिक र साइबर अपराधका घटना बढेका बताउनुहुन्छ । “परम्परागत प्रकृतिका अपराध खासै बढेका छैनन्, विगतमा आर्थिक कारणले अन्य अपराध हुन्थे, अहिले त्यसको स्वरुप बदलिएको छ, आर्थिक नै अपराधका रुपमा वृद्धि भएका छन्”, प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आर्थिक अपराध गाउँमा छैनन्, जहाँ आर्थिक गतिविधि बढी हुन्छन्, त्यहाँ आर्थिक अपराधका मुद्धा बढी दर्ता भएका छन् ।” पछिल्लो समय प्रविधिको विकासँगै अपराधको स्वरुप पनि बदलिएको उहाँको भनाइ छ । प्रवक्ता कार्कीले नेपाल प्रहरी अपराधका घटना न्यूनीकरण गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउन निरन्तर क्रियाशील रहेको बताउनुभयो । “समुदाय–प्रहरी साझेदारीअन्तर्गत साइबर सुरक्षा तथा सडक दुर्घटना र आत्महत्या न्यूनीकरणलगायतका घटना हुन नदिन प्रयास थालिएको छ”, उहाँले भन्नुभयो ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    • April 27, 2025
    • 26 views
    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    • April 27, 2025
    • 28 views
    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    • April 26, 2025
    • 41 views
    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 19 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 35 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 31 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद