बस दुर्घटना हुँदा नौ जना घाइते

रुकुम पश्चिम । काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

प्रदेश ३-०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ खाग्री गाउँपालिका-१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका-६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट-९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका-७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

अन्य घाइतेमा आठबिसकोट-११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका-८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उनको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका-५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोट नलगाड-१२ की २५ वर्षिया किसङकुमारी विक रहेका छन् ।

घाइते सबै अहिले नगर अस्पताल राडीमा उपचार भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

  • Related Posts

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २९ बैशाख । वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानहरूमा वर्षौंदेखि जथाभावी रूपमा थन्काइएका बेवारिसे सवारी साधन तथा संरचनाहरू हटाउने अभियानलाई थप तीव्र बनाएको छ । सडक, फुटपाथ…

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ बैशाख । अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड, बिरगंज शाखाको प्राविधिक सहयोगमा “नियमकिय निर्देशन र पुँजी पर्याप्तता: सिद्धान्त, गणना र…

    पहिलो

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    • May 12, 2025
    • 22 views
    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    • May 10, 2025
    • 33 views
    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    • May 8, 2025
    • 49 views
    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    • May 7, 2025
    • 36 views
    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    • May 7, 2025
    • 37 views
    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    वीरगंजमा अव्यवस्थित कोइला डिपोहरू नियमनमा : महानगरको कडाई, वातावरणीय सरोकारलाई प्राथमिकता-

    • May 6, 2025
    • 36 views
    वीरगंजमा अव्यवस्थित कोइला डिपोहरू नियमनमा : महानगरको कडाई, वातावरणीय सरोकारलाई प्राथमिकता-