बागबजार र बबरमहलमा महानगरले बक्स कल्भर्ट निर्माण गर्ने

काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ ।

यसको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ रुपियाँ रहेको छ । लागत अनुमान ७० लाख ७२ हजार १८२ रुपियाँ थियो । कल्भर्ट निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी वहाव हुनेतर्फ १४ मिटरको हुनेछ । 

सार्वजनिक निर्माण विभागका सबइञ्जिनियर दिपकबहादुर शाहीले भने- ‘अहिले त्यहाँ पानीको निकासका लागि ह्युम पाइप राखिएको छ । यसरी राखिएका ह्युम पाइप पुराना भइसकेका छन् । बर्खाको समयमा पानीका वहाव रोकिने अवस्था भएको छ । यसको सम्भावित डुवान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो ।’ 

कल्भर्ट निर्माणको काम प्रारम्भ भएपछि सडकको आवागमन पूर्ण बन्द हुनेछ । डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिएको शाहीको भनाइ छ । यसका लागि दुवैतर्फबाट आउने सवारी साधनहरु कमलादी मोडमा पुगेर बायाँ मोडिँदै कमलादी गणेश मन्दिर, घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग बन्न सक्छ । 

काम थालिएपछि यो सडक खण्ड २ महिना बन्द रहनेछ । यससँगै धोवीखोला नदी खण्डको दोभान नपुग्दै रोजबर्ड स्कूल नजिक पनि बक्स कल्भर्ट निर्माण हुँदैछ । यसको सम्झौता रकम २ करोड २१ लाख २३ हजार ८९९ रुपियाँ हो । यसको लागत अनुमान ३ करोड ७१ लाख २३ हजार ९३५ रुपियाँ थियो । यो काम २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ । यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ ७ मिटरको हुनेछ । यस ठाउँमा भएको फलामे पुल २०८० सालको धोवीखोलाको बाढीले जगसहित क्षति गरेको थियो ।

  • Related Posts

    अण्डाको मूल्यमा भारी गिरावट

    चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी तोकेको नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा प्रतिक्रेट रु. ३७५ र मध्यम…

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    माघ २२ गतेदेखि खुलेको होटल फरेस्ट इनको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता शेयर सर्बसाधारणका लागि…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 2 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 147 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा