बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती, १२ असार : बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै छ । उक्त बैठक बिहान ११ः३० बस्ने तय भएको छ । बैठकमा प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । मङ्गबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को विभिन्न शीर्षकअन्तर्गत विभिन्न मन्त्रालयको विषयगत छलफल प्रारम्भ भएको थियो । यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । मङ्गलबार बसेको प्रदेशसभा बैठकबाट प्रदेश उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।

  • Related Posts

    पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

    काँक्रेविहार (सुर्खेत), ७ साउन : विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ । गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा…

    मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

    मोरङ, ७ साउन : नेपाल रेडक्रस सोसाइटी मोरङले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर बूढीगङ्गालाई दुई थान रबर बोटलगायतका उद्धार सामग्री हस्तान्तरण गरेको छ ।…

    पहिलो

    आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

    • July 22, 2024
    • 5 views
    आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

    पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

    • July 22, 2024
    • 6 views
    पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

    मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

    • July 22, 2024
    • 6 views
    मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

    पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’

    • July 22, 2024
    • 6 views
    पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’

    बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

    • July 22, 2024
    • 5 views
    बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 10 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै