बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौँ । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु. ७३ करोड बराबरको क्षति भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु. ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो ।

क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको रु. ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको रु. दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको रु ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको रु. २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको रु. २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको रु. छ करोड ६५ लाख र रसुवागढी नाकामा रु. चार करोड बराबरको क्षति भएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिए ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 48 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 75 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-