दीपेन्द्र प्रजापति/कालो झोला ।
बारा, २१ श्रावण । बाराको कलैया उप महानगरपालिका मा एक सामुदायिक भवनको उदघाटन गरिएको छ ।
कलैया उपमहानगरपालिकाको नगरप्रमुख विनोद साह द्वारा वडा नम्वर ०८ रामपुरमा शनिबार सामुदायिक भवनको उदघाटन गरेका छन् ।
सामुदायिक भवनको उदघाटन गर्दै नगरप्रमुख साहले सामुदायिक भवनमा केही छुट भएका निर्माण गर्नको लागि थप उपमहानगरको बजेटबाट रु. २० लाख दिने प्रतिद्वता गरेका छन् ।
पुर्व वडाध्यक्ष डा. अख्तर अंसारीले आफनो कार्यकालमा निजी लगानीमा सामुदायिक भवनको लागि ४ धुर जग्गा खरिद गरेका थिए ।
आर्थिक वर्ष ०७८/७९ को उप महानगरपालिकाको रु. ३० लाख र पुर्व वडाध्यक्ष डा. अंसारीको निजी रु. १४ लाखको लगानीमा ४ धुरमा २ तल्ले सामुदायिक भवन निर्माण भएको हो ।
समाजमा रहेका गरिव असाहयहरुको घरमा हुने विवाह, व्रतबन्ध, भोजभतेरमा जमघट हुने समस्या मध्यनजर गर्दै निजी लगानीमा जग्गा खरिद गरि उक्त सामुदायिक भवनको निर्माण गरिएको अंसारीले बताएका छन् । समाजमा निशुल्क रूपमा सो भवनको प्रयोग गर्ने उनले बताए ।
सामुदायिक भवन उदघाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह, नेकपा एमालेका नेताद्वय अच्युत मैनाली, अध्यानन्द पाण्डे, वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।