बारामा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या

बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा गएराति आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

घटनामा प्रहरीले शंकाको आधारमा बुहारीलाई नियन्त्रणमा लिएको छ । ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो ।

बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार घटनाको अनुसन्धानका लागि मृतकका परिवारकै २८ वर्षीया बुहारी मनिता देवीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । 

गए राति करिब २ बजेको समयमा अज्ञात व्यक्ति घरभित्र प्रवेश गरी धारिलो हतियारले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा घाइते भएका ५० वर्षीय जगरुप महतोको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । हाल घटनास्थलमै पुगेर प्रमाण संकलन तथा विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • Related Posts

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

     सुनसरी र पर्साका विभिन्न स्थानबाट करिब १ हजार १ सय १५ किलोग्राम अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडाबाट करिब ९ सय ५५…

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौंमा आकर्षक तलबमा विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी सम्पर्कविहीन हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्दै आएका झापा अर्जुनधारा नगरपालिका-६ का…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ