
बीरगंज, ०२ बैशाख । पर्सा प्रहरीले शुक्रबार जबरजस्ती करणी गरेको अभियोगमा एक मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
गत चैत २६ गते दिउँसो ०१:०० बजेको समयमा बाराको प्रसौनी गाउँ पालिका वडा नं. ०५ हाल पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ५५ को पलट चौधरीले पीडित ६ वर्षीया बालिकालाई खेल्न आएको मौका छोपी आफू बस्ने गरेको घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको आज शुक्रबार जिल्ला प्रहरी कार्यालय, पर्सा मा पीडित बालिकाको अभिभावकले दिएको जाहेरी दरखास्तको आधारमा निज पलट चौधरीलाई आजै बिहान ११:०० बजे निजकै घर ठेगाना बाट नियन्त्रणमा लिई यस कार्यालयबाट ल्याई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको कुरा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।