बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चरणमा पुगेका छैनौं- रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चरणमा नपुगेको स्पष्ट गरेका छन् ।

सोमबार राति बालेनसँग भएको छलफल बारे प्रतिक्रिया दिदै लामिछानेले बालेनलाई प्रधानमन्त्री बनाउने चरणमा नपुगेको बताएका हुन् । लामिछानेले अन्य शक्तिहरुसँग पनि छलफल गर्ने र सकेसम्म सबै एक ठाउमा आउने प्रयास गरिरहेको बताए ।

लामिछानेले भने- हामीले शुरुमा पनि भनेका थियौं, परिवर्तनमा लागेका सबैलाई संवाद मार्फत एक ठाउमा ल्याउने प्रयासस्वरूप अगाडी बढी नै रहेका छौं । यसलाई टुंगोमा पुर्याउने गरि संवाद शुरु भएको छ । बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भन्ने चरणमा हामी प्रवेश गरेका छैनौं । पहिला थाहा हुनुपर्यो, एक अर्कासँग परिस्थिति बारे जानकारी लिनुपर्यो । विस्तारै हामी राजनीतिक चरणमा प्रवेश गर्छौं ।’   लामिछानेले आफुहरु दुई जना मात्र बसेको वार्तामा सबैले आफ्नो किसिमले टिप्पणी नगर्न समेत उनले आग्रह गरे ।

बालेन र लामिछानेबीच सोमबार करिब ६ घण्टा भेटवार्ता भएको थियो ।  

  • Related Posts

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता…

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बहुचर्चित झापा-५ बाट प्रतिनिधि सभा सदस्यका लागि समिर तामाङलाई उम्मेदवा बनाएको छ । हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवार सार्वजनिक गर्दै झापा-५…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views