बालेनविरुद्ध एमाले निकट युवा संघको साइबर ब्युरोमा जाहेरी

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएको छ ।

मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रमुख राजनीतिक दल र मित्रराष्ट्रहरूलाई अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको विषयमा युवा संघले पक्राउको माग गर्दै जाहेरी दिएको हो । युवा संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङले विहिबार साइबर ब्युरो गएर जाहेरी दिएको जानकारी दिएका छन् ।

गत शनिबार मध्यराति बालेनले आफ्नो फेसबुकमा अमेरिका, भारत, चीन लगायत प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै अश्लिल शब्दमा स्टाटस लेखेका थिए । उनले आलोचना भएपछि केहीबेरमा सो स्ट्याटस हटाएका थिए । 

जाहेरीमा भनिएको छ- ‘सार्वजनिक पदमा बसेको व्यक्तिले विदेशहरुलाई पनि गाली गरी सम्बन्धमा आँच आउने कार्य गरेको हुनाले प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरी पाउँ । निज बालेन शाह विदेश भागी जाने र प्रमाणहरु नष्ट गर्नेहुँदा तत्काल पक्राउ गरी निजको राहदानी समेत रोक्का राखी पाउँ ।’

  • Related Posts

    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हालेका अनिलकुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशिला कार्कीले सिन्हालाई…

    एमालेको बन्द सत्र शुरु

    काठमाडौं । नेकपा एमालेको बन्दसत्र शुरु भएको छ । आज बिहानदेखि शुरु हुने भनिएको बन्द सत्र ढिलो गरि शुरु भएको हो । बन्द सत्र शुरु हुनु अघि आजै बसेको केन्द्रीय…

    पहिलो

    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    • December 14, 2025
    • 9 views
    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 8 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 11 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 12 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 9 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक