बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगन्ज, ०२ माघ । बिरगंज महानगरपालिका वडा नं. ०९ का वडा अध्यक्ष जवाहिर प्रसाद गुप्ता को पहलमा बुधबार ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई कम्बल र इलेक्ट्रिक जग वितरण गरिएको छ ।

उक्त सामान वितरण कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले कार्यक्रमलाई उद्घाटन गर्दै समाजका कमजोर तथा विशेष आवश्यकता भएका वर्गहरूको हितमा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

वडा नं. ०९ का अध्यक्ष जवाहिर प्रसाद गुप्ताले यो कार्यक्रम समाजसेवाका लागि आफूले चालिएको एउटा सानो प्रयास भएको बताउँदै, यस्ता सहयोगका कार्यहरू आगामी दिनमा पनि निरन्तर गरिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।वडाभित्रका विभिन्न टोलहरू बाट आएका ज्येष्ठ नागरिक, एकल महिला, तथा अपाङ्गता भएका व्यक्तिहरूले कार्यक्रम बाट प्रत्यक्ष लाभ लिएका छन् । उनीहरूले यस सहयोगका लागि वडा कार्यालय प्रति आभार पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, स्थानीय जनप्रतिनिधि, तथा वडा कार्यालयका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो भने कार्यक्रम अत्यन्तै सकारात्मक वातावरणमा सम्पन्न भएको थियो ।यो पहलले वडा नं. ०९ मा विपन्न वर्गलाई सहयोग पुर्‍याउने प्रयास मात्रै नभई सामुदायिक सद्भाव र समानताको सन्देश प्रवाह गरेको कुरा उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले आज ठूलो मात्रामा लागु औषध बरामद गरेको छ । मंगलवार त्यहाँ बाट…

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ जेष्ठ । तुलसीपुर उप महानगरपालिका कि उप प्रमुख स्यानी चौधरी को नेतृत्व मा आएको टोलि ले सोमबार बिरगंज महानगर पालिका का उप प्रमुख तथा…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 107 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 137 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 101 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 95 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 121 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 89 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-