दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज , १२ साउन । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर बाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा शुक्रबार राती करिब ०३:०० बजेको समयमा बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ । .
उक्त राति वीरगञ्ज बाट परवानीपुर तर्फ जाँदै गरेको ना. ३ ख ७०५३ नम्बरको मालवाहक कन्टेनर ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ८३ लाख ९२ हजार ७ सय ८२ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।