दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, १४ जेष्ठ । वडा प्रहरी कार्यालय, श्रीपुर ले बिल विजक भन्दा बढी कस्मेटिक लगायतका सामानहरू बोकेको एउटा भारतीय माल बाहक पिकअप लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
बीरगंज महानगरपालिका वडा नं. २५ स्थित ड्राई पोर्ट बाट वीरगञ्ज तर्फ आउदै गरेको BR 05 GC 5395 नम्बरको भारतीय पिकअप लाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ करिब ०७:३० बजेको समयमा चंडाल चौक मै रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ५८ लाख ५९ हजार ४७ बराबरको पिकअप र सो पिकअप भित्र लोड रहेको कस्मेटिक लगायतका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले बताएका छन् ।