दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २२ जेष्ठ । वडा प्रहरी कार्यालय, बिर्ता ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी हार्डवेयर तथा चकलेटहरू लगायतका सामानहरू बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज बाट बिराटनगर तर्फ जाँदै गरेको सूचना प्राप्त हुन बित्तिकै त्यहाँ बाट खटिएको प्रहरी टोलीले आईतबार राती करिब १०:१० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, बाईपास स्थित सडक खण्ड बाट ना. ६ ख ८५८९ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रु. ४३ लाख ८७ हजार १ सय ६९ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले बताएका छन् ।