
दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०१ भदौ । वडा प्रहरी कार्यालय, बिर्ता ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको एक मालबाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्की का अनुसार विशेष सूचना प्राप्त भई त्यहाँ बाट खटिएको टोलीले आज दिउँसो करिब ०३:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०६ माईस्थान चोक स्थित सडक खण्डमा ना. ६ ख ४३४५ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका लत्ता कपडाहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ५४ लाख ०५ हजार ६ सय मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा उहाँले बताउनु भएको छ ।