दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०८ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्साले बिल विजक भन्दा बढी बिभिन्न किसिमका विधुतीय तथा खुद्रा सामानहरू बोकेको एउटा मालबाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्की ले बताएका अनुसार बिशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको टोलीले शुक्रबार राति करिब ११:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८ घण्टाघर स्थित सडक खण्ड मा ना. ३ ख २५६ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका विधुतीय तथा खुद्रा सामानहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ३१ लाख २० हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रवक्ता कार्की ले बताएका छन् ।