दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २२ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू बोकेको दुई वटा मालबाहक ट्रक आफ्नो नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज बाट कलैया र बिराटनगर तर्फ लैजादै गरेको उक्त मालबाहक ट्रकहरुलाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले बुधबार वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक स्थित सडक खण्ड बाट ना. ३ च ३१५० र वडा नं. ०८, घण्टाघर स्थित सडक खण्ड बाट ना ३ ख ५८९९ नम्बरको ट्रकहरूलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकहरूभित्र लोड रहेका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू अन्दाजी मूल्य र २ करोड २६ लाख २६ हजार ८ सय २३ बराबरको मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रवक्ता डीएसपी निर्मल बुढाथोकी ले बताएका छन् ।