
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १४ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको एक मालबाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा प्राप्त त्यस कार्यालयबाट खटिएको टोलीले सोमबार राति करिब ११:५५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८ घण्टाघर सडकखण्डमा ना. २ ख ९७३६ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ४२ लाख ७७ हजार ३ सय १८ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरी का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताएका छन् ।