
दीपेन्द्र प्रजापतिकालो झोला ।
बीरगंज, २२ असार । बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय, पर्सा मातहत रहेका वडा प्रहरी कार्यालय, विर्ताबाट खटिएको टोलीले मंगलबार राति करिब ११:४० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०६ लोहारपट्टी सडकखण्डमा ना. ६ ख २३४४ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक विनाका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ६८ लाख ३१ हजार ४ सय १९ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । ।