दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०४ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्साले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको एउटा मालबाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ । पर्सा प्रहरी का प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्की का अनुसार उक्त राति विशेष सूचना प्राप्त भई यस कार्यालयबाट खटिएको टोलीले मंगलबार राति करिब १०:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५ भानुचोक स्थित सडकखण्डमा ना. ६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ६७ लाख ५२ हजार ९ सय ९८ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रवक्ता कार्की ले बताएका छन् ।