बिहारमा १९५१ पछिकै उच्च मतदान, पुरुषभन्दा बढी महिलाले दिए भोट

काठमाडौँ । भारतको विहारको विधानसभा चुनावमा रेकर्ड ६६.९१ प्रतिशत मतदान भएको छ । यो १९५१ पछि राज्यमा सबैभन्दा बढी मतदान हो । १९५१ मा विहारमा ७१ प्रतिशत मतदान भएको थियो ।

यसैबीच, यस पटक बिहारमा यसको इतिहासमा सबैभन्दा धेरै महिला मतदाताहरूले मतदान गरेको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ । विहारमा नोभेम्बर ६ र ११ मा दुई चरणमा मतदान भएको थियो । 

विहारमा महिलाहरूले ७१.६ प्रतिशत रेकर्ड मतदान गरेका छन् जबकि पुरुषहरूले ६२.८ प्रतिशत मतदान गरेका छन् ।

यस तथ्याङ्कमा सेवा मतदाता, ट्रान्सजेन्डर व्यक्तिहरू र हुलाक मतपत्रहरू समावेश नरहेको बताइएको छ । अन्तिम तथ्याङ्क निर्वाचन आयोगले पछि जारी गर्ने बताएको छ ।

साथै, पहिलो पटक, छ देशका १६ प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय चुनाव पर्यवेक्षक कार्यक्रम अन्तर्गत मतदान प्रक्रिया अवलोकन गरेका थिए । यसमा दक्षिण अफ्रिका, इन्डोनेसिया, थाइल्याण्ड, फिलिपिन्स, बेल्जियम र कोलम्बियाका प्रतिनिधिहरू समावेश थिए ।

२४३ विधानसभाक लागि भएको मतदानमा २६१६ उम्मेदवार चुनावी मैदानमा थिए । यस चुनावका लागि ७ करोड ४५ लाख मतदाता रहेका थिए । चुनावको मतगणना नोभेम्बर १४ मा हुने छ ।

  • Related Posts

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

     विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति ६०० अर्ब डलर नाघेको छ । मस्क यो कुल सम्पत्तिमा पुग्ने विश्वकै पहिलो व्यक्ति बनेका छन्। स्पेसएक्सको ८०० अर्ब डलरको मूल्याङ्कन र यसको…

    सिड्नीको बोन्डी बीचको घटना आइएस प्रेरित- प्रधानमन्त्री अल्बानीज

    काठमाडौँ । अस्ट्रेलियाको सिड्नीको बोन्डी समुद्र तटमा १५ जनाको ज्यान जाने गरी भएको सामूहिक गोलीकाण्डपछि, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आक्रमण इस्लामिक स्टेट (आईएस) को विचारधाराबाट प्रेरित भएको बताएका छन् । …

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 109 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो