दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २८ जेष्ठ । बीरगंज महानगरपालिका ले महानगर भित्र रहेका बिभिन्न नालाहरु को सरसफाई अभियान अन्तर्गत आईतबार बिहान करिब ०८:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित वीरगञ्ज महानगरपालिकाको JCB प्रयोग गरि नाला सफा गर्ने क्रममा फोहोरमा संकास्पद रूपमा प्लाष्टिकको झोला फेला परेको सूचना लगत्तै तत्कालै प्रहरी चौकी आदर्शनगर, पर्सा बाट खटिएको प्रहरी टोलीले स्थानीय प्रतिनिधीहरूको रोहबरमा उक्त प्लाष्टिकको झोला खोली हेर्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने गोली हर्नेटको १७ राउण्ड, SLR को ०४ राउण्ड, 9 MM को ३२ राउण्ड, ३८ बोर को २४ राउण्ड, 45 MM को ०४ राउण्ड, Federal ०८ राउण्ड, Winchester ०५ राउण्ड, 7.65 X 54 MM ०३ राउण्ड, 7 MM ०१ राउण्ड, बिग्रेको खोखा ०४ राउण्ड गरि जम्मा १ सय ०२ राउण्ड फेलाा परेको हुदाँ उक्त गोली कानूनी रीतपुर्याई बरामद गरी जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याई थप अनुसन्धान कार्य भैरहेको कुरा प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।