

दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, ०९ श्रावण । वडा प्रहरी कार्यालय, श्रीपुर, बीरगंजले आईतबार राती करिब १०:५३ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८ स्थित रहेको माछा पुच्छ्रे बैंकको ATM मेसिन फुटाउँदै गरेको अवस्था बाट दुई जना चोरहरुलाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्की का अनुसार उक्त राति उल्लेखित ATM फुटाएर चोरहरु पैसा चोरी गर्दै छन् भन्ने जानकारी प्राप्त हुनासाथ तत्कालै त्यस कार्यालय बाट खटिएको टोलीले फुटाउँदै गरेको अवस्थाबाट बाराको जितपुर सिमरा उप महानगरपालिका वडा नं. ०५ बस्ने वर्ष २५ को अजय चौधरी तथा बरा कै कलैया उप महानगरपालिका वडा नं. ०३ बस्ने वर्ष २७ को राज कपूर चौधरी लाई नियन्त्रणमा लिइ निजहरू विरुद्द चोरी सम्बन्धी कसूरमा सोमबार पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको कुरा सूचना अधिकारी कार्की ले बताएका छन् । पर्सामा नक्कली नोट कारोवार गर्ने एक जना पक्राउ- दीपेन्द्र प्रजापति/कालो झोला । पर्सा, ०९ श्रावण । वडा प्रहरी कार्यालय, श्रीपुर, बीरगंजले आईतबार साँझ करिब ०५:०० बजेको समयमा नेपाली नक्कली नोट सहित एक जना मानिस लाई आफ्नो नियन्त्रणमा लिएको छ ।