दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ३० असार । बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंह ले भारत उत्तरप्रदेस स्थित भगवान श्री रामको नगरी अयोध्या नगर निगम को महापौर (मेयर) महंत गिरीश पति त्रिपाठी संग उहाँको निवासमा भेटघाट गर्नु भएको छ ।
आइतवार बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित पुगेको प्रतिनिधिमण्डल लाई अयोध्या नगर निगम को महापौर (मेयर) महंत गिरीश पति त्रिपाठी ले स्वागत गर्दै सम्मान गर्नु भएको थियो ।
मेयर सिंह ले अयोध्या नगर निगम को महापौर (मेयर) महंत गिरीश पति त्रिपाठी लाई माला र टोपी लगाएर सम्मान गर्नु भएको थियो । अयोध्या श्रीराम न्यास मन्दिरको पुजारी दुर्गा गौतमको विशेष उपस्थिति रहेको थियो ।
बीरगन्जबाट प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिका का सदभावना दुत अशोक वैध, वडा अध्यक्षहरु रमेश यादव, प्रदीप चौरसिया, जगत साह कानु, प्रमुखका सल्लाहकारहरु लगायत सहभागी छन् ।